तिलागुफामा संंयुक्त बिद्यार्थी संगठनद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन
कालिकोट, कालिकोटको तिलागुफा नगरपालिकामा संयुक्त बिद्यार्थी गठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन ।
भारतले नेपालको भुमि अतिक्रमण गरेर चिनको मानसरोवर सम्म जाने सडक निर्माण गरेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन पुत्ला दहन गरेका हुन ।

जिल्लाको तिलागुफा नगरपालिकामा संयुक्त बिद्यार्थी संगठन अनेरास्ववियू , नेबिसंघ, नेक्राबिसंघ तिलागुफा नगरपालिकाले बिरोध प्रदर्शन गरेको छ । बिरोधका क्रममा नगरपालिका स्थित गाल्जे बजार भरि र्यालि गरि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलायर अन्तमा कोण सभा गरियको थियो ।
उक्त सभामा नेबिसंघका नगर संयोजक नरेस बहादुर शाहिले हिजो वीर पुर्खा हरुले बचाइराखेको देश आज सजिलै गुम्दै गइरहेको बताएका थिए । शाहीले यदि अहिलेको ररकारले उचित निर्णय लिएन भने हामी सम्पूर्ण बिद्यार्थी संगठन नभनि देश भक्तिका लागि लाग्ने बताएका थिए ।
त्यस्तै अनेरास्ववियूका नेता कमल शाहिले गलत गरे आफनै सरकारको पनि बिरोधमा उत्रिने र मुलुकको सिमाना बचाउनका लागि जे पनी गर्न तयार रहेने जिकिर गरेका थिए । त्यस्तै अर्का नेता प्रशान्त शाहिले आफुहरु देशका लागि कोरोनाबाट पनि नडराउने बताए ।
साथै तिलागुफा नगर पालिकामा भोलिका दिनमा पनि युवा,बिध्यार्थिका समस्याहरुलाई साझा मुद्यभा बनाएर अगाडि बढने जानकारी गराए ।

