बिप्लव नेकपाको युवा संगठनद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

सुर्खेत,  भारतले नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको भन्दै बिप्लव नेकपाको युवा संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । भारतीयले सिमा मिचिसक्दा पनि उक्त बिषयमा प्रधानमन्त्री जानकार नभएको र गैरजिम्मेबार भाषा प्रयोग गरेको भन्दै बिप्लव नेकपाको भातृ संगठन युवा संगठन नेपालले भेरी कर्णालीका बिभिन्न जिल्लामा पुत्ला दहन गरेको हो ।

लिपुलेकमा तिब्बतको मानसरोवरसम्म जाने बाटो निर्माण गरेको समाचार गत २६ गते बाहिर आएपछी नेपालभर उक्त भारतीय कदमको सर्वत्र विरोध भएको छ ।

यसै सन्दर्भमा युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार भेरी कर्णाली ब्युरोका जाजरकोट, सुर्खेत, कालिकोट, बाँके, जुम्ला लगायतका जिल्लामा भारतद्भारा मिचिएको नेपाली भुमी फिर्ताको लागि अन्तरास्ट्रियकरण गर्न ओलि सरकारले वेवास्ता गरेको भन्दै पुत्ला दहन गरेको युवा संगठनका भेरी कर्णाली संयोजक दिपले जानकारी दिए ।

उनले भने यो सरकार भारत परस्त छ त्यसैको परिणाम यो अबस्था आइलागेको हो । साथै उनले देशभक्त युवाहरुलाई राष्ट्रियताको आन्दोलनमा सबै सहभागी हुन अनुरोध समेत गरेका छन । क्रममा प्रहरी लगाई दमन गरेको भन्दै नेपाली प्रधानमन्त्री केपि ओलिको पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको उक्त संगठनका भेरी(कर्णाली ब्युरो इन्चार्ज दीपले बताए ।