सूर्यको चमकमा कमी, वैज्ञानिकले दिए यस्ताे चेतावनी

झण्डै ४.५ अरब वर्ष पुरानो सूर्यको आफ्नो चमकमा केहि कमी देखिएको छ । वैज्ञानिकहरुले बताएअनुसार पछिल्लो ४ सय वर्षमा सूर्यको परिवर्तनशीलता अन्य ३६९ ताराको तुलनामा ५ गुणा कम देखिएको छ । वैज्ञानिकहरुको मान्यता छ कि, सामान्य रुपमा ताराहरु निकै परिवर्तनशील हुन्छन् । वैज्ञानिकहरुले बताएअनुसार यसको असर सुर्यको चमकमा देखिएको छ ।

साइन्स पत्रिकामा छापिएको खबरअनुसार वैज्ञानिकहरुले पछिल्लो साता ३६९ ताराहरुमा अध्ययन गरेका थिए । जसमा ताराहरुको सतहको तापमान, आकार र रोटेशनको आधारमा चमकको तुलना गरिएको थियो । सोधमा अन्य ताराको तुलनामा हाम्रो सुर्यको चमक परिवर्तनशील भएको र औषतमा पाँच गुणा कम पाइएको हो ।

यस रिपोर्टका मुख्य लेखक टिमो रेनहोल्ड जर्मनीका मैक्स प्लैंक इन्स्टीट्युट फर सोलर सिस्टम रिसर्चका खगोलशास्त्री हुन् । टिमो रेनहोल्डले बताएअनुसार कुनै ताराको चमकमा यस्तो खालको बदलाव देखिनु सतहमा भएको कालो धब्बा (स्पोट्स)को कारण हुन्छ ।

जो उसको घुमाईसँगै हुने हुन्छ । सतहमा रहेको यी धब्बाहरुको संख्याबाट सम्पूर्णं गतिविधि स्पष्ट हुन सकिन्छ । हाम्रो सुर्यको समान प्यारामिटरवाला अन्य ताराहरुको चमक पनि परिवर्तन हुनु काफी आश्चर्यजनक रहेको वैज्ञानिकको भनाई छ ।

वैज्ञानिकको अनुसार सनस्पोटका कारण सम्बन्धित चुम्बकीय गतिविधि बढ्न जान्छ । जो पृथ्वीलाई प्रभावित गर्ने विद्युत चुम्बकीय घटनाको जन्म दिन सक्छ । यस घटनाबाट सुर्यको वायुमण्डलका बाहिरी क्षेत्र आवेशित कणवाला विशाल प्लाज्मा मुक्त हुन्छ, जुन उपग्रह र सञ्चारका उपकरणको लागि समस्या पैदा गर्न सक्छ । यसको साथै दोस्रो विद्युत चुम्बकीय गतिविधि समस्याहरुको कारण बन्न सक्छ । एजेन्सीबाट