सुर्खेतमा लकडाउन कडाई हिडडुल गर्न समेत रोक
प्रकासित मिति : २०७७ बैशाख ३१, बुधबार २२:२१
प्रकासित समय : २२:२१
बिरेन्द्रनगर, सुर्खेतमा बुधबारदेखि लकडाउन कडाई गर्ने बताइएकाे छ । कोरोनाको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक काम बाहेक अन्य समयमा हिडडुल गर्न समेत रोक लगाएको हाे ।
प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य समय घर बाहिर ननिस्कन आग्रह गरेको छ । ‘अति आवश्यक काम बाहेक हिडडुलमा गर्न रोक लगाइएको छ ।’
सूचनामा भनिएको छ साथै जेठ १ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट अन्य जिल्ला प्रवेशका लागि जारी गरिएका सबै सवारी पास समेत खारेज गरिएको छ ।