सर्वदलीय बैठक बालुवाटारमा सुरु
प्रकासित मिति : २०७७ बैशाख ३१, बुधबार १८:०४
प्रकासित समय : १८:०४
काठमाडौं, प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सर्वदलीय बैठकमा सहभागी रहेका छन्।
बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएकाे छ । भारतले लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए।