मृगको मासु भाग लगाउँदै गरेका चार जना बन्दुकसहित पक्राउ

पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरूवा बन्दुकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले बन्दुकसहित त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ किलो पनि बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएअनुसार पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३१ विनेरीकुनाका ५४ वर्षीय आइते पोडे, ३८ वर्षीय राजकुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम रहेका छन्।

आइतेको घरमा मृग मारेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उनीसहित चारै जनालाई पक्राउ गरेको हो। मृगको मासु भाग लगाइरहेको अवस्थामा फेला उनीहरूलाई प्रहरीले फेला पारेको जनाएको छ।