बेलायतमा कोरोनाबाट ३२ हजार ६९२ को मृत्यु, २ लाख २६ हजार संक्रमण

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६९२ जनाको मृत्यु भएको छ ।२ लाख २६ हजार ४६३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६२७ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ४०३ जनामा संक्रमण देखिएको छ । १ लाख ९३ हजार ४२७ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।