बलात्कारको आरोपमा चिकित्सक पक्राउ
प्रकासित मिति : २०७७ बैशाख ३१, बुधबार १५:४१
प्रकासित समय : १५:४१
एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जनकपुरधामका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापिस्ट डा. राजेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले डा मण्डललाई पक्राउ गरिएको पुष्टि गरे।
झापा घर भएकी २८ वर्षीया महिलाले डा मण्डलले आफूलाई पटक–पटक जबर्जस्ती करणी गरेको प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। ती महिलाले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी थिइन्। डा. मण्डलले आफूलाई विभिन्न समयमा अस्पताल बाहिर विभिन्न स्थानमा लागेर बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छन्।