बर्दियाको क्‍वारेन्टाइनबाट भागे ८ भारतीय

बर्दिया, बर्दियाको गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट ८ जना भारतीय भागेका छन् ।

बुधबार बिहान शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भागेका हुन् । भागेका उनीहरु भारत बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ । वैशाख ९ गतेबाट उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।