प्रधानमन्त्रीले बालुवाटारमा बोलाए सर्वदलीय बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बाडकेका छन् । बैठक बुधबार साढे ४ बजेलाई बोलाएको प्रधानमन्त्रीकोे सञ्चारविज्ञ रामशरण वजगाईले जानकारी जानकारी दिए ।

बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ । संसदमा प्रतिनिधित्व गर्ने चार दलसहित पूर्व प्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाएको बुझिएको छ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद वैठकमा बोल्दै कोरोना नियन्त्रण र सीमा विवादका विषयमा सरकारले कांग्रेसबाट के सहयोग चाहेको छ जान्न चाहेको बताएका थिए ।