नारायणी अस्पतालबाट भागेका एक संक्रमित भेटिए, अर्कोको खोजी तिब्र
प्रकासित मिति : २०७७ बैशाख ३१, बुधबार १७:१३
प्रकासित समय : १७:१३
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएको बताइएको छ । भागेका दुईजनामध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पताल प्रशासनलेृ जानकारी दिएको छ ।
अर्को एकजना भने फरार रहेको र खोजी कार्य जारी रहेको बताइएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना भाइरस संक्रमित भागेका थिए। संक्रमित भागेसँगै यस क्षेत्रमा खैलाबैला भएको थियो।
संक्रमित भागेपछि जिल्ला प्रहरी कार्यायलयबाट एसपी गंगा पन्तसहितको टोली अस्पताल पुगिसकेको छ।