नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित

वीरगञ्ज ,  वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । बुधबार दिउसाे दुइजना संक्रमित भागेकाे अस्पताल स्राेतले जनाएकाे छ । 

उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

हालसम्म नेपालमा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने ३५ जना उपचारपछि निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।