थप २४ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २४३
काठमाडौं, नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार थप २४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन् ।
अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो। त्यस्तै रुपन्देहीमै ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ। त्यसैगरी कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो। त्यस्तै नवलपरासीमा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्।
त्यहाँ ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। अर्कातिर पर्सामा थप तीनजना कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ ३६ र ७४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने ३६ वर्षीया महिलामा पनि कोरोना देखिएको छ। सहप्रवक्ता अधिकारीका अनुसार कोरोना भेटिएका सबैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। यसअघि बुधबारै दिउँसो बाँके र कपिलवस्तुमा दुईजना कोरोना संक्रमित भेटिएका थिए।
बुधबार चितवनबाट आमा छोरा निको भएर डिस्चार्ज भएका छन्। बुटवलबाट २५ वर्षीय पुरुष र चितवनका ६३ वर्षको महिला घर फर्किएपछि ठीक भएर घर फर्किनेको संख्या ३५ जना रहेको छ । हालसम्म रेडजोनमा ३४२ रहेका छन् । स्वास्थ्यकर्मी र पत्रकारमा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
सरकारले कोरोना भाइरस रोकथाम परीक्षण प्रणालीलाई विस्तार गरेको छ । हालसम्म पिसिआर परीक्षण २१ हजार ३४० र आरडिटी ६० हजार ३१९ व्यक्तिमा गर्न सफल भएको छ । पछिल्लो २४ घण्टामा पिसिआर दुई हजार ३५७ र आरडिटी ६९२ को परीक्षण सम्पन्न गरेको छ ।
हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा २४५ छन् भने ३५४ जना रेड जोनमा छन् । कोरोनाको सम्भावित जोखिममा १५८ छन् । आजै बाँकेमा ३६ वर्षे पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुष पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।