जेठ २ गते संसदमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले सभामा जानकारी गराए।

‘मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियसभाका सम्पूर्ण मानीयहरुलाई उक्त दिन ३:३० बजेभित्र प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरी आआफ्नो आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु्।’