चिनियाँ सेनाले नेपाली सेनालाई प्रदान गरेको सामग्री आइपुग्यो

काठमाडाैँ, चिनियाँ सेनाले नेपाली सेनालाई प्रदान गरेको कोरोना भाइरसविरुद्धको अभियानका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री नेपाल आइपुगेको छ ।

सहयोग सागम्री लिएर चिनियाँ विमान बुधबार बिहान आएको हो । विमानमा अत्यावश्यक स्वास्थ्य सामग्रीसहितका सुरक्षात्मक बस्तु रहेको स्रोतले बताएको छ ।

जीटूजी मार्फत अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने जिम्मा नेपाली सेनाले पाएको छ । सो सामग्री भने आउन अझै केही समय लाग्ने देखिएको उच्च स्रोतले बताएको छ । बुधबार आएको सामग्री चीनको सेनाले नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरेको सामग्री हो ।