कपिलवस्तुका संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी

काठमाडौं, कपिलवस्तुमा तीन जना सुरक्षाकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा कपिलवस्तुका आठ जना संक्रमित छन्। तीमध्ये तीन जना सुरक्षाकर्मी रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

एक जना सशस्त्र प्रहरी नायब निरीक्षक, एक जना नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक र एक जना राष्ट्रिय अनुसन्धान विभागका असईमा संक्रमण देखिएको हो।

संक्रमित अन्य पाँच जना कृष्णनगर नगरपालिकास्थित महेन्द्र माविको क्वारेन्टिनमा बसेका व्यक्ति हुन्। उनीहरू सबैको अवस्था सामान्य छ।