इटालीमा मृतकको संख्या ३० हजार ९११पुग्यो, २ लाख २१ हजार संक्रमित
प्रकासित मिति : २०७७ बैशाख ३१, बुधबार ०७:२०
प्रकासित समय : ०७:२०
काठमाडौं , इटालीमा २ लाख २१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १७२ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या ३० हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४०२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २१ हजार २१६ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये १ लाख ९ हजार ३९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८१ हजार २६६ जनामध्ये ९५२ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।