अमेरिकामा कोरोनाले ८१ हजार ३६६ को मृत्यु

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

 पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८३ हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८ हजार ३९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ९३ हजार ३५८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३१ हजार ३१५ जनामध्ये १६ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।