समाचार प्रभावः कमानसिंहको परिवारलाई सहयोग जुट्ने क्रम शुरू
भालुवाङ, कुसेन्युज डटकमबाट मंगलबार समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहले सहयाेग जुटने क्रम सुरू भएकाे छ । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीको जेठी छोरी प्रमिला नेपालीको खुट्टामा भएको घाउमा मलहम पट्टी लगाउन एक अभियान्ता विभिन्न व्यक्तिहरूको सहयोगमा उपचारसँगै खाद्यान्न सहयोग गर्ने घाेषणा गरेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी आशाका किरणहरू नामक संस्थाका अध्यक्ष तथा स्वास्थ्यकर्मी सुर्यकिरण केसी पिडित नेपालीकै घरमा पुगेर घाउको उपचार सँगै खाद्यान्न सहयोग गरेका छन् । गायक विक्रम राना, विजय पुन, अनिल पाैडेल, जागरित भुसाल, निर्मल भुसाल, बसन्त भुसाल, युवराज भुसालको सहयोगमा चामल ५० किलो ,तेल २ बोत्तल, स्वायाबिन, आलु ८ किलो नुन, बेसार सहितको खाद्यान्न सहयोग गरेका छन् ।
गत चैत महिनामा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा रहेको दुर्गाभवानी आधारभुत विद्यालयमा अध्ययनरत १० वर्षिय छोरी प्रमिला नेपाली ९ महिना अगाडि स्कुलमा लडेर दाहिने खुट्टामा सामान्य चोट लागेको थियो । सामान्य चोट लागेकी छोरीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गराए तर त्यहाँबाट पनि घाउ सन्चो नभएपछि छोरी प्रमिलालाई भारतको नाैगढमा उपचार गराए ।
त्यहाँ उपचार गराएपछि घाउ केही सन्चो भएको कमानसिंहले बताए । त्यही बिचमा कमानसिंह कामको शिलशिलामा भारतमा नै बसे । त्यसको केही समय पछि कमानसिंहको श्रीमतीलाई आर्कैले ललाई फकाई विदेश पुर्यायो यता छोरी प्रमिलाको उपचार तथा सेवा गर्ने मान्छे कोही भएन । खानुपर्ने अाैषधी नियमित भएन नत स्वाहार सुसार नै भयो ।
सन्चो हुँदै गरेको घाउँ झन पछि झन पाक्दै गयो खुटा समेत बाङ्गो भयो । त्यस पछि उनी हिड्न समेत नसक्ने अवस्थामा पुगिन् । अहिले उनको खुट्टा केवल छालाले मात्र अडिएको छ । प्रमिलाको बुवा कमानसिंह भारतबाट घर त आए तर कोरोना भाइरसले गर्दा देश लकडाउन भयो । चितवन क्यान्सर अस्पताल समेत लग्न पाएका छैनन् केवल आशंका मात्र छ । छोरीको खुट्टामा केन्सरले भेटाएको भन्ने । हाल छोरीको उपचारमा कमानसिंहको अहिले ६ लाख रूपैयाँ ऋण छ ।
त्यो ऋण कसरी तिर्ने र छोरीलाई मृत्युको मुखबाट कसरी बचाउने भन्ने चिन्ता रहेको छ । साथै कमानसिंहलाई सहयोग गर्न चाहानेले मोबाइल नम्बर ९८२२९४३९५३ मा फोन गरेर वा भार्गव विकास बैंक लिमिटेड शाखा कार्यालय लालमटियाको खाता नम्बर ०१००१००००५५४३४०००००१ मा पैसा जम्मा गर्न सकिने छ ।
कमानसिंहका पीडाका कथाः कसले बचाइदेला छोरी, खोजीदेला श्रीमती ?