कमानसिंहका पीडाका कथाः कसले बचाइदेला छोरी, खोजीदेला श्रीमती ?

 भालुवाङ, दाङ-देउखुरीका कमानसिंह नेपालीलाई यतिबेला ठुलो ब्रजपात परेको छ । समास्यै समास्याको भंगालोमा छन उनि अझछ त बढि दुई वटा ठुलाे समस्याले पिराेलेकाे छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षीय कमानसिंहलाई छोरी र श्रीमतीको पिडाले सताएको छ ।

गत चैत महिनामा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा रहेको दुर्गाभवानी आधारभूत विद्यालयमा अध्ययनरत १० वर्षिय छोरी प्रमिला नेपाली ९ महिना अगाडि स्कुलमा लडेर दाहिने खुट्टामा सामान्य चोट लागेको थियो ।

सामान्य चोट लागेकी छोरीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गराए तर त्यहाँबाट पनि घाउ सन्चो नभएपछि छोरी प्रमिलालाई भारतको नाैगढमा लगेर उपचार गराए । जसाेतसाे त्यहाँ उपचार गराएपछि घाउ केही सन्चो भयाे  । शरिरकाे घाउ त सञ्चाे भयाे तर मनकाे घाउ बल्जिरहयाे । 

त्यही बीचमा कमानसिंह कामको शिलशिलामा भारतमा नै बसे । त्यसको केही समय पछि कमानसिंहको श्रीमतीलाई आर्कैले ललाई फकाई विदेश पुर्‍यायो यता छोरी प्रमिलाको उपचार तथा सेवा गर्ने मान्छे कोही भएन । खानुपर्ने औषधी नियमित भएन न त स्याहार सुसार नै भयो । सन्चो हुँदै गरेको घाउँ झन पछि झन पाक्दै गयो खुटा समेत बाङ्गो भयो । त्यसपछि उनी हिड्न समेत नसक्ने अवस्थामा पुगिन् । अहिले उनको खुट्टा केवल छालाले मात्र अडिएको छ ।

प्रमिलाको बुवा कमानसिंह भारतबाट घर त आए तर कोरोना भाइरसले गर्दा देश लकडाउन भयो । चितवन क्यान्सर अस्पताल समेत लग्न पाएका छैनन् केवल आशंका मात्र छ छोरीको खुट्टामा केन्सरले भेटाएको भन्ने । हाल छोरीको उपचारमा कमानसिंहको अहिले ६ लाख रूपैयाँ ऋण छ । त्यो ऋण कसरी तिर्ने र छोरीलाई मृत्युको मुखबाट कसरी बचाउने भन्ने चिन्ता रहेको छ । त्यति मात्र होईन कमानसिंहलाई आर्को पिडा पनि छ ।

आफू भारतमा रहेका बेला स्थानीय भरत नेपाली,निजकी श्रीमती पुष्पा नेपाली र बहिनी शान्ति नेपालीले श्रीमती विमला नेपालीलाई ललाई फकाई गरि २०७६ को फागुनमा भरतले आफ्नो खर्चमा भारतको दिल्लीबाट कुवेत पठाउने भने पनि उसले दुवई पठाएको कमानसिंहले बताए । भरतले विमलालाई दिल्लीबाट छल गरि कुवत भनेर दुवई पठायो तर मलाई कसैले पनि थाहा दिएनन् कमानसिंहले भने,न श्रीमतीबाट थाहा पाए नत पठाउने भरत सँग थाहा पाए श्रीमती विदेश गइसकेपछि गाउँलेहरूबाट आफूले थाहा पाएको कमानसिंहले बताए ।

दुवई पुगेकी श्रीमती सँग कमानसिंहको चैतमा मात्र एक पटक फोन भएको त्यस पछि अहिले सम्म सम्पर्क नभएको बताए । कमानसिंहलाई यति मात्र थाहा छ बुटवलको एक ऐजेन्ट धना नाम गरेको मान्छे मार्फत विदेश गएको तर कम्पनीको नाम थाहा नभएको उनले बताए । फोन आएको बेला दुवईमा पनि लकडाउन थियो ।

गए देखि श्रीमतीले काम पाएकी थिएनी,खाना,बस्न पनि दिएको छैन रे अहिले झन कसरी बसेकी होली मलाई रात दिन चिन्ता लाग्छ खाना खान मन पनि लाग्दै दुख सुनाउँदै भने । यता नेपालमा पनि लकडाउन छ । काम गर्न पनि हरायो कसरी भोको पटे बस्ने भन्ने चिन्ता पनि छ । झन्न वडाले खाद्यान्न दिएको छ र गुजारा चलेको कमानसिंहले बताए ।

उनलाई हाल सम्म छोरीको उपचारका लागि वडा अध्यक्ष जगतबहादुर थापा र वडा सदस्य बसन्त नेपालीबाट व्यक्तिगत ४ हजार ५ सय, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीबाट व्यक्तिगत १ हजार १ सय रूपैयाँ मात्र सहयोग प्राप्त भएको छ । यति बेला कमानसिंहलाई सहयोग र न्यायको खाँचो छ । छोरीको खुट्टाको उपचारका लागि उनले सवै सँग सहयोगको याचना पनि गरेका छन् ।

सहयोग गर्न चाहानेले कमानसिंहको मोबाइल नम्बर ९८२२९४३९५३ मा फोन गरेर वा भार्गव विकास बैंक लिमिटेड शाखा कार्यालय लालमटियाको खाता नम्बर ०१००१००००५५४३४०००००१ मा पैसा जम्मा गर्न पनि उनले आग्रह गरेका छन् । कमानसिंह मजदुरी गरेर र मादल बनाएर आफ्नो जिविकोपार्जन गर्दै आएका छन् । उनको सम्पत्तिको नाममा सुकुम्बासी टोलमा लालपुर्जा विनाको घरबाँस छ भने उनको २ छोरी र २ छोरा छन् ।