प्रहरीले पीडितको उजुरी नलिएको भन्दै पलाँतामा प्रहरी चौकी घेराउ

कालिकोट, कालिकाेटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम, उनकी श्रीमती गोरिकला बम र भतिजा गजेन्द्र बममाथि आक्रमण गर्नेहरुको विरुद्ध दिएको उजुरी नलिएकाे भन्दै नाराबाजी सुरु भएको छ। मंगलबार स्थानीयले दोषीमाथि कारबाहीको मागगर्दै पलाँता प्रहरी चौकी घेराउ गरेका हुन्।

आइतबार जिल्ला प्रहरी कार्यालय कालिकोटले पीडितको तर्फबाट उजुर लिन नमानेपछि स्थानीयले चाैकी घेराउ गरेकाे पुर्णसिंह बमले जानकारी दिएका छन । 

बमका अनुसार आन्दोलनमा उत्रेका स्थानीयहरुले अधयक्ष बमको टिममाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न र उनीहरुका विरुद्धमा दिएको जाहेरी लिन प्रहरी समक्ष माग गरेका छन्।

पलाँता गाउँपालिका अध्यक्ष बममाथि हातपात, स्थीति तनावग्रस्त