निकुञ्ज संरक्षण अभियानमा डोल्पाका स्थानिय, बुझाउँँदै भरुवा बन्दुक

दुनै, डोल्पा लकडाउनको मौका छोपी निकुन्ज वन क्षेत्रमा वन्यजन्तु र बहुमुल्य जडिबुटीको चोरी हुननदिन संरक्षण जनचेतना अभियानको थालनी गरिएको छ । अन्य निकुन्जका वन क्षेत्रहरुमा काठ तस्करी देखि वन्यजन्तुको चोरी सिकारी हुने गरेका समाचारहरु सार्वजनिक भइरहेको बेला हिमाली जिल्ला डोल्पामा रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले यत्तिखेर संरक्षणप्रतिको जनचेतना अभिबृद्दि गर्ने अभियानलाई तीव्र बनाउदै लगेको हो ।

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगत त्रिपुरासुन्दरी नगरपालिका २ रसिका टसीरेम्जे गुम्बाका लामागुरु लगायत स्थानीय निकुन्जबाट खटिई गएको संयुक्त गस्ती टोलीलाई भरुवाबन्दुक बुझाएर संरक्षण अभियानमा ऐक्यबद्दता जनाउदै ।

निकुन्जले थालेको संरक्षण जनचेतना अभियानले निकुन्ज अन्तर्रगतका मध्यवर्ती वन ब्यवस्थापन समिति रहेका स्थानीयहरुमा पछिल्लो समय संरक्षण प्रति अभिरुची समेत बढेको छ । संरक्षण जनचेतना अभियानको थालनीसंगै वन्यजन्तुको चोरी सिकारी लगायत बहुमुल्य जडिबुटीको अवैट्द संकलनको रोकथाम कार्यमा यहाँका स्थानिय जनताको सक्रियता बढेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाड डोल्पाका कायमुकाम प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

निकुन्जले समन्वय र सहकार्यलाई प्रार्थमिकतामा राखेर मध्यवर्ती क्षेत्रका बासिन्दा स्थानीय सरकार संघसंस्थाहरु हिउँ चितुवा संरक्षण समिति चोरी शिकारी नियन्त्रण युवा जागरण समुह लगायतलाई साथमा लिएर अगाडि बढिरहेको र निकुन्ज वन क्षेत्रका सबै प्रमुख नाकामा सुरक्षाकर्मि निकुन्ज कर्मचारीलाई र स्थानीय मध्यवर्ती वन समितिका पदाकिारीहरुलाई समेत परिचालन गरिएको संरक्षण प्रमुख पौडेलको भनाई छ ।

निकुन्ज अन्र्तगतको त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने रसि गाउँ वनजङ्गलमा बेबारिसे अवस्थामा फेला पारेको १ थान भरुवा बन्दुक गाउँका टसी रेम्जे गुम्बाका लामा निमा लामाको पहलमा स्थानीयले गाउँमा आएको निकुञ्ज कार्यालय र निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको इश्वरी बक्स गुल्मको संयुक्त गस्ती टोलीलाई बुझाएका छन ।

निकुञ्ज कार्यालयले स्थानिय टसीरेम्जे गुम्बाका लामा लगाएत मध्यवर्ती क्षेत्र समितिसंग सहकार्यमा गरिएको संरक्षण जनचेतनामुलक कार्यक्रमले गुम्बाका लामा गुरुहरु समेतलाई प्रभावित बनाइ स्थानीयले स्वस्फुर्त रुपमा घरेलु भरुवाबन्दुक सुरक्षाकर्मिलाई बुझाउन थालेको गस्ती टोलीमा खटिएका निकुञ्जका सिनियर गेमस्काउट भरत पौडेलले बताए ।चोरीशिकारी नगर्न गाउँका जनतालाई गुम्बाका लामा गुरुहरु समेतले संरक्षण शिक्षा दिन थालेका छन ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड डोल्पाले मध्यवर्ती क्षेत्रमा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण समिति गठन गरेर चोरी शिकारी नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्र कार्यक्रम र सहयोगी निकाय विश्ववन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा निकुञ्जका १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उप समिति गठन गरी स्थानिय जनताको सहभागीतामा चोरी सिकार नियन्त्रण अभियान चलाएको निकुन्जका कायमुकायम प्रमुख संरक्षण अधिकृत पौडेलले बताए ।