नर‌ैनापुरमा अहिलेसम्म कोरोना भेटिएको छैनः फोकल पर्सन श्रेष्ठ

नेपालगञ्ज, बाँकेको नरैनापुरमा हालसम्मा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमा चलेकाे हल्ला गलत भएकाे भन्दै  तीन जना स्थानीयमा  फोकल पर्सनश्रेष्ठले बताएका हुन ।

सामाजिक सञ्जाल तथा केही मिडियामा नरैनापुरका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको खबर बाहिरिएपछि अहिले त्यहाँ जिल्लाबाट स्वास्थ्यकर्मीको टोली समेत पुगेको बताइएकाे छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत फोकल पर्सन श्रेष्ठले नरैनापुर गाउँपालिकामा हालसम्म कोरोना पोजेटिभ नदेखिएको जानकारी दिए । ‘नर‌ैनापुरमा हालसम्म पोजेटिभ भेटिएको छैन’ उनले फेसबुकमा स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘हाम्रो टिम अहिले नरैनापुरमै अनुसन्धानमा छौं ।

भारतको बहराइचमा नरैनापुरका तीन जनामा कोरोना पुष्टी भएको केही मिडियाहरुले भारतीय प्रहरीलाई हमला दिदै समाचार लेखेका थिए । सोहीको आधारमा स्वास्थ्यको टोली अनुसन्धान गर्न बिहानै नरैनापुर पुगेको हो ।