नेपालगन्ज जमुनाहबाट लागुऔषधसहित होमगार्ड पक्राउ

नेपालगन्ज, बाँके नेपालगन्जको जमुनाह नाकाबाट एकजना होमगार्ड लागुऔषधसहित पक्राउ परेका छन । साेमबार साँझ करिब साढे ७ बजे पक्राउ परेका हुन ।

भारत रुपैडिहा आदर्श थानाका किशुन नामका होमगार्ड करिब ४१ पिस कोरेक्स सहित नेपालको जमुनाह चौकीले पक्राउ गरेको जमुनाह प्रहरी चौकी इन्चार्ज माधव रिजालले जानकारी दिए ।

रिजालका अनुसार होमगार्डले चलाएको मोटारसाइकलको डिग्गीबाट उक्त लागु औषध कब्जा गरिएकाे थियाे  । लागुऔषध ओसापसारको आशंकामा जमुना प्रहरीले चेकजाँच गरि फेला परेको रिजालले जानकारी दिए ।

हाेमगार्ड युनिफर्ममै दैनिक जसाे नेपालगन्ज  आउनेजाने गरेको समेत बताइएको छ । उनि नेपाल आएर रक्सी बोकेर जाने गरेको जानकारहरुले बताएका छन ।

त्यस्तै  सोही दिन बाँकेको जैसपुरमा जिल्ला प्रहरी बाँकेकाे ब्यूरो टोलिले बेवारिसे  अबस्थाकाे ३४  पिस कोरेश समातेकाे बताइएकाे छ । बाँके जिल्ला प्रहरी कार्यलायको ब्यूरो टोलि र जमुनाह चौकीको सयुक्त टिमले समातेकाे बताइएकाे छ  ।

पछिल्लाे समय लकडाउनको मौका छोपि सिमानाकामा  तस्करी बढेकाे बताइएकाे छ ।