सीमा अतिक्रमणविरुद्ध प्रदर्शन, कृष्ण पहाडीसहित २२ पक्राउ

काठमाडौं, भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जना पक्राउ परेका छन् ।

मानवअधिकार तथा शान्ति समाजले मंगलबार दिउँसो भारतीय दूतावास लैनचौर अगाडि विरोध प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुंगेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, अधिकारकर्मीहरु जगन्नाथ पुडासैनी, चन्द्रमणि बञ्जरा छन् ।

यस्तै नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरि श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरि ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुन छन् । उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।