सबैभन्दा बढी पर्सामा ८२ जना पुगे कोरोना संक्रमित, यस्तो छ अन्य जिल्लाको अवस्था
विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् ।
मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७ जना नयाँ संक्रमित पुष्टि भएका थिए । यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको साँझ सार्वजनिक नतिजाअनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले छ।
यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजै ५७ जनामा कोरोना पुष्टि भएको थियो ।
जसअनुसार कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका थिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ती संक्रमित ५७ जना सबै पुरुष हुन् ।
पछिल्लो विवरणअनुसार भक्तपुर र सर्लाहीमा पहिलो पटक संक्रमण पुष्टि भएको हो । भक्तपुरमा २ र सर्लाहीमा १ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी काठमाडौंमा पनि नयाँ संक्रमित फेला परेका छन् । एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यसअघि काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएपनि उनीहरु निको भइसकेका थिए ।
कुन जिल्लामा कति पुगे संक्रमित ?
मन्त्रालयकाअनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।