वीरगञ्जका चार जना पत्रकारमा पनि कोरोना
प्रकासित मिति : २०७७ बैशाख ३०, मंगलवार १५:५९
प्रकासित समय : १५:५९
पर्सा, पर्सामा भेटिएका ३९ जना मध्ये चार जना पत्रकारमा कोरोना भाइरस (कोभिड–१९ संक्रमित भएकाे पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।