बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार पुग्यो

काठमाडौं ,४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ ।   २ लाख २३ हजार ६० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१० जनाको मृत्यु भएको छ भने अरु ३ हजार ८७७ जनामा संक्रमण देखिएको छ । १ लाख ९० हजार ६५१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।