बर्दियाकी संक्रमितलाई अहिलेसम्म लगिएन आइसोलेसनमा

नेपालगन्ज, बर्दियाको राजापुर नगरपालिका- ५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेसनमा पठाइएको छैन । बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज पनि क्वारेन्टाइनमै राखिएको छ ।

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने भए पनि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा प्राविधिक तयारी नपुगेको भन्दै अझै क्वारेन्टाइनमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संक्रमित बालिकालाई कोरोना अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए ।