नेकपाले बोलायो स्थायी कमिटी वैठक
प्रकासित मिति : २०७७ बैशाख ३०, मंगलवार १४:१७
प्रकासित समय : १४:१७
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए ।
वैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो ।
तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

