२६ जना थपिएसंगै, २१७ पुगे कोरोना संक्रमित
प्रकासित मिति : २०७७ बैशाख ३०, मंगलवार २२:५७
प्रकासित समय : २२:५७
काठमाडौं ,काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् ।
मंगलबार राति स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको बताइएको हो । त्यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
त्यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या कुल २१७ पुगेको छ ।