नेपालमा पहिलो पटक स्टाफ नर्समा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ बैशाख ३०, मंगलवार १८:०६
प्रकासित समय : १८:०६
काठमाडौं, कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ। मंगलबार जिल्लामा थप ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य मन्त्रालयको कोरोना भाइरस संक्रमणसम्बन्धी रिपोर्टमा एकजना संक्रमित २५ वर्षीया स्वास्थ्यकर्मी रहेको जनाइएकाे छ।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीका अनुसार संक्रमित युवती जिल्लाको तौलिहवा अस्पतालमा कार्यरत नर्स हुन्। नेपालमा स्टाफ नर्सलाइ काेराेना भाइरस संक्रमण भएकाे याे पहिलाे हाे।