कर्णाली सरकारको शिल गरिएको नाका केहिहद् खुकुलो

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले चैत २२ गतेदेखि कर्णाली शिलगरेको भएपनि सोमबार राती देखि लागु हुने गरी नाका केहि खुकुलो पार्ने निर्णय गरेको छ । बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गराइने भएको हाे  । 

  बैठकले प्रदेशलाई अनिश्चितकालसम्मका सिल (नाकाबन्दीं) यथावत् राख्ने निर्णय गरेको भएपनि  समितिका सदस्य तथा प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित बढ्दै जाँदा कर्णालीमा थप जोेखिम बढेको छ,’ केसीले भनिन् ‘अर्को निर्णय नभएसम्मका लागि नाकाहरु यथावत् रुपमा बन्द नै रहनेछन् ।’

यद्यपि नियन्त्रित रुपमा दैनिक उपभोग्य वस्तु, चामल, दाल, नुन, तेल, चिनी, ग्यास, डिजेल र बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण भने आयात गर्न पाइने भएको छ । यसअघि दैनिक उपभोग्य वस्तुहरुमा पनि आयात रोकिएको थियो ।

त्यस्तै तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भएको छ ।

नेपालगञ्जमा कोरोना संक्रमित भेटिएसँगै गत २२ गतेदेखि कर्णालीका नाकाहरु बन्द छन् ।