भारत र कपिलवस्तुबाट राप्तीमा आएका १० जना क्वारेन्टानमा
भालुवाङ, भारतको कानपुर तुलसीपुर र कपिलवस्तुबाट राप्ती गाउँपालिकामा आएका १० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । भारतको कानपुरबाट आइतवार १ बजे साइकलबाट यात्रा गरि कृष्णनगर नाकाबाट आएकाहरूलाइ क्वारेन्टानमा राखिएकाे हाे ।
वडा नम्बर ९ का २६-५४ वर्ष उमेरका ७ जना त्यस्तै भारतको तुलसीपुरबाट मजदुरी गरि कोइलावास नाकाबाट ५५ र ४५ वर्षका श्रीमान श्रीमती र कपिलवस्तुबाट वडा नम्बर ४ का १९ वर्षिय एक पुरूष गरि कुल १० जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा क्वारेन्टाइन संयोजक जगतबहादुर थापाले जानकारी दिएका छन् ।
विभिन्न ठाउँबाट घुलमिल हुँदै राप्ती गाउँपालिका वडा नम्बर २ मा आइपुगेका उनीहरूलाई स्थानीय र २ नम्बर वडा अध्यक्ष थापाको पहलमा लालमटिया स्वास्थ्य चाैकीमा सामान्य चेकजाँच गरि उनीहरू सवैलाई लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
१० जना मध्ये फिरन्ते जिवन बिताईरहेका श्रीमान श्रीमतीको पिसिआर गरिएको छ । रिपोर्ट भने आउन बाँकी रहेको वडा अध्यक्ष थापाले जानकारी दिएका छन् । यसैबीच नुवाकोटबाट हिड्दै बर्दिया जान लागेका १४ जना मजदुरहरूलाई गाउँपालिकाको निर्माणाधिन भवनमा राखेर खाना खुवाएर भोली गन्तव्यमा पठाउने वडा अध्यक्ष थापाले जानकारी दिएका छन् ।