केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिद्धारा २ सय बढीलाई राहत
प्रकासित मिति : २०७७ बैशाख २९, सोमबार १७:३८
प्रकासित समय : १७:३८
नेपालगन्ज, बाँके केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिती केन्द्रिय कार्यालय बाँकेको आयोजनामा आज २०० भन्दा बढी रोजा खोल्ने र बस्ने गरिबलाइ राहत वितरण गरेको छ ।
रोजा बस्नेहरुलाई वितरण गरिएको राहतमा चामल, बेसन, सोयाबिन, सेवाइ, चिनी, चना, केराउ, तेल, र हात धुने साबुन समेत वितरण गरिएको सो समिती का अध्यक्ष फिरोज हलवाइले जानकारी दिनुभएको हो ।
हाल मुस्लिम धर्मवलम्बीको महान चाड रमदान चलिरहेको छ । साथै नेपालमा पनि कोरोमा संक्रमितहरुको संख्या बढदै गएपछी नेपाल सरकारले लकडाउनलाई कडा बनाएको छ ।
पछिल्लोचरणमा सरकारले जेष्ठको पाँच गतेसम्म लकडाउन लम्ब्याएको छ । जसका कारण चाड पर्व समेत यसको प्रभाव परेको छ । रमदानमा लकडाउनका कारण रोजा खोल्न समेत गार्हो भएको छ ।
सो कुरालाई मध्य नजर गर्दै राहत बितरण गरेकाे बताइएकाे छ ।