मृगको मासु र बन्दुक सहित १ जना पक्राउ

सोलुखुम्बु,  सोताङ गाउँपालिका– ३ पोक्चमबाट भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिज सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने क्रममा राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीसँगै रहेका सोही ठाउँ बस्ने २५ वर्षीय दिपक राई प्रहरीलाई देख्नासाथ फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ ।
घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।