जेठ ५ गतेसम्म कपिलवस्तु सिल
प्रकासित मिति : २०७७ बैशाख २९, सोमबार १६:४५
प्रकासित समय : १६:४५
कपिलवस्तु, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले आइतबार ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सील गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाैडेलकाअनुसार यस अवधिमा अत्यावश्क बस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, दुध, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, एम्बुलेन्स मात्र चल्न पाइनेछन्। यस्तै पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन चल्न पाउने तर जिल्ला भित्र ओराल्न र चढाउन पाउने छैनन्।
कपिलवस्तुमा हालसम्म १५ जना कोरोना संक्रमित फेला परेका छन्। सोमबार मात्रै यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका छन्।