कपिलवस्तुमा थप १० जनामा कोरोना, संक्रमितको संख्या पुग्यो १ सय २०
काठमाडौं, कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरु सबैको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।
संक्रमितहरू कपिलवस्तुको यशोधरा गाउँपालिका ५, र बुद्धभूमि गाउँपालिका ७ र १० निवासी हुन् । उनीहरू १८, १९, २०,२०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू रहेका छन् । यस्तै १ जना उमेर नखुलेको पुरुषमा पनि संक्रमण देखिएको छ ।