अमेरिकन आइडलको टप-७ मा दिवेश

काठमाडाैँ, नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप-७ मा उक्लिएका छन् । उनले टप-७ प्रवेशका लागि आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए ।

अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था गरेकाे छ । दिवेशको भोटिङ कोड १६ रहेको छ ।

३ वटा माध्यमबाट १ जनाले प्रतिस्पर्धीलाई १०/१० पटक गरेर ३० भोट गर्न सकिने व्यवस्था गरिएको छ । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।

सन् २०१३ मा अमेरिका गएका गायक पोखरेलले यसअघि ‘न्यानो घर’ ‘मन’ ‘समुन्द्र पारी’ ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।