भारतीय अतिक्रमण विरुद्ध बाँकेको कोहलपुरमा पनि प्रदर्शन
प्रकासित मिति : २०७७ बैशाख २८, आईतवार १४:५९
प्रकासित समय : १४:५९
कोहलपुर, बाँके भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण भएपछि कोहलपुरमा पनि विरोधमा प्रदर्शन भएको छ । आईतवार नेपाली भूमिको रक्षा गर्न नेपाली जनता तयार रहेको भन्दै युवा व्यवसायीहरुले सामाजिक दुरी कायम राखेरै विरोध र्याली निकालेका हुन् ।
देशभर आक्रोश बढेसँगै काेहलपुरका युवा व्यापारीहरुले जुलुससहित प्रदर्शन गरे । न्यूरोडदेखी सुरु भएको र्यालि चौराहा पुगेर सम्पन्न भएको थियो ।
केही दिनअघि चिनियाँ नागरिकले नेपाल प्रहरीमाथी गरेको ज्यादती र भारत सरकारले गरेको सीमाक्षेत्रमा गरेको अतिक्रमणका विरुद्द ‘प्रदर्शन गरेको बताइएकाे छ । र्यालिकाे समापन गर्दै युवा तथा व्यवसायीहरुकाे सरकारले भारतीय कदमलाई कडाईका साथ प्रतिवाद गर्नुपर्ने सुझाव समेत दिएका छन ।
तस्विरः रविन्द्र सिंह ठकुरी