राप्ती सोनारीमा अनुदानमा बिउ वितरण
नेपालगन्ज, बाँके राप्ती सोनारी गाउपालिका वडा नम्बर ८ मा कृषि तर्फको बिउ विजन कार्यक्रम अन्तर्गत धानको बिउ वितरण गरिएको छ । लकडाउनको समयमा ३ चरणको राहत वितरण सम्पन्न भइ सकेको वडा नम्बर ८ मा लकडाउनले उत्पादनलाई असर नपरोस भनेर वडा नम्बर ८ मा बिउ वितरण गरिएको हो ।
वडा कार्यलयले धानको बिउ ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिएको हो । प्रत्येक किसानलाई १ कठठा जग्गा मा २।५ किलोका दरले बिउ वितरण गरिएको हो । बजार मुल्य १ किलोको ५५ रुपैया रहेको धानको बिउ,वडा नम्बर ८ ले ५० रुपैया प्रति किलोका दरले कृषकहरुले आधा रकम र वडा कार्यलयले आधा रकम तिरेको हो ।
वडा नम्बर ८ अन्तर्गत नयागाउमा ५० घरधुरीलाई ५२५ किलो बिउ वितरण गरि सकेको र आईतवार वडा नम्बर ८ मा धर्मोती,ओभरी,पेरानी, बालापुर, खल्लागाउ, अमुवागाउमा किसानलाहरुलाई वडा कार्यलयबाट धानको बिउ वितरण गरिएको हो । गत वर्ष झै यो वर्ष पनि स्थानीय सरकारले समयमा नै धान वितरण भएको स्थानीय कृषक शशिराम खड्काले बताए ।
त्यस्तै ‘यो महामारीको अवस्थामा राहतमा निर्भर पर्नु भन्दा उत्पादनलाई बढाई हामी आफै आत्मनिर्भर हुनु पर्छ भन्ने उद्देश्यले सामाजिक दुरि कायम राखेर ४० क्वीनटल बिउ वितरण गरिएको ’ वडा अध्यक्ष खुम बहादुर बस्नेतले बताए । प्रत्येक कृषकलाई वडाले मास्क वितरण समेत गरेको छ । जिम्मेवार समाज नेपालको समन्वयमा बिउ वितरण भएको हो ।