भारतको हिमाचल प्रदेशमा ४ सय ५० नेपाली मजदुर अलपत्र
नयाँदिल्ली, भारतको हिमाचल प्रदेशमा करिब ४ सय ५० नेपाली मजदुर अलपत्र परेको परेका छन । कोरोना माहामारीका कारण लकडाउनमा परी अलपत्र परेका हुन ।
रोजीरोटिको खोजिमा हिउदे बालि लगाएर अछाम, डोटी, डडेलधुरा र कैलालिबाट भारतको हिमाचल प्रदेश नाहान गएका करिब ४५० मजदुरहरु परेको दिपक प्रवासीले जानकारी दिएका छन । उनले आफुहरुलाई खान बस्न हम्मेहम्मे भएको र कोठाभाडाको दाम पनि घरवालाले महंगो लगाएको बताएका छन ।
प्रबासीले कोठा छोड्न पनि घरभेटिले दबाब दिएको गुनाशो गरेका छन । दुताबासको नं मा फोन गर्दा उठदैन हामी समास्यामा छौँ उनले भने उद्धारको उपाय निकालीदिनु पर्यो । खाने रासन सकिएको र घरबेटीले कोठामा समेत बस्न नदिएको उनको भनाई रहेको छ ।
उनले भने राहातको अभावमा अनाहतमा बाँचीरहेका हामीलाई सरकारसंग सम्वनय गरि नेपाल सरकारले स्वदेश फर्काउने बातावरण छिटो भन्दा छिटो तयार गरोस। बरु हामी नेपाल सरकारकै मापदण्ड अनुसार स्वदेशकै क्वारिनटाइनमा बस्न तयार छौँ ।
दिल्लीमा पनि अलपत्र
त्यस्तै दिल्लीबाट नेपाली प्रबासी मञ्चका सचिब प्रदिप मिलन रानाले दुताबासले वास्ता नगरेको गुनाशो गरेका छन । उनले नेपाल सरकार भारतमा रहेका मजदुरहरु प्रति बेप्रवाह रहेको बताएका छन ।
दिल्लीमा हजारौँको संख्यामा नेपालीहरु अलपत्र छन तर दुताबासले दखेपनि नदेखे झैँ गर्छ उनको दुखेशो छ । भारतमा रहेकाे नेपाली दुताबाससंग फाेन गर्दा फाेनै नउठने गरेकाे बताए । साथै नेपाल सकारले समन्वय गरेर फिर्ता लिनु पर्ने उनको भनाई रहेको छ ।