साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

काठमाडौं, साउदीमा कोरोना भाइरस संक्रमित एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा साउदीको जेद्दा क्षेत्रको मदिनामा रहेका एक नेपाली रहेको जनाइएको छ । उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको हो ।

दूतावासका अनुसार हालसम्म जेद्दामा ४५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस क्षेत्रमा कोरोना देखिएका १० जना भने उपचारपछि निको भइसकेको जनाइएको छ । साउदीमा हालसम्म कोरोनाको संक्रमणबाट २ सय ४६ जनाको मृत्यु भइसकेको छ । भने ३९ हजार बढी संक्रमित भइसकेका छन् ।