भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ सय पुग्यो
प्रकासित मिति : २०७७ बैशाख २८, आईतवार ०७:१६
प्रकासित समय : ०७:१६
काठमाडौं ,भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ११३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ ।
उपचार गराइरहेका ४१ हजार ४०४ जनामध्ये १९ हजार ३०१ जना निको भएका छन् । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतले मार्च २४ देखि लकडाउन जारी राखेको छ ।