पाकिस्तानमा कोरोनाका कारण ६३६ जनाको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख २८, आईतवार ०७:२८
प्रकासित समय : ०७:२८
पाकिस्तान, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको हो । पाकिस्तानमा एकैदिन थप २ हजार ३०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २८ हजार ७३६ पुगेको छ ।
पाकिस्तानमा संक्रमितमध्ये ७ हजार ८०९ जना उपचारपछि निको भएका छन् । २० हजार २९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सार्क राष्ट्रमा भारतपछि पाकिस्तानमा कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।