कोहलपुरमा नगरपालिकामा स्वाब संकलन सुरु

बाँके, बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पहिलो पटक स्वाब संकलन सुरु गरिएको छ । जिल्लाको नेपालगन्‍ज उप महानगरपालिकादेखि १६ किमी दूरीमा पर्ने नगरपालिकामा पहिलो पटक कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।

उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखा कोहलपुरको संयुक्त टोलीले कोहलपुर ४ बेलनपुरमा मदरसा हिमालय गरीब नवाज प्राविमा आज स्वास्थ्य शिविर सञ्‍चालन गरी स्वाब संकलन शुरु गरेको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए ।

नगरपालिका क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको आशंकामा स्वाब संकलन शुरु गरिएको र परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।