काठमाडौंमा यसरी जलाइयो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला

काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ। नेपालको भूमि मिचेको विरोधमा आइतबार राजधानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको हाे ।

जनता दरबार नामक संस्थाले साँझ पुत्ला जलाएको हो। केही युवाको समूहले पुत्ला जलाएलगत्तै प्रहरी पुगेको थियो। पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि त्यसको विरोधमा शनिबार र आइतबार राजधानीमा विरोध प्रदर्शन भएको छ।

सरकारले कुनै कदम नचलाएको भन्दै चौतर्फ विरोध भइरहेको छ। संसदीय समितिमा समेत यसबारे गहिरोसँग कुरा उठेको छ।