अमेरिकामा कोरोनाबाट ८० हजार भन्दा बढीको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख २८, आईतवार ०७:११
प्रकासित समय : ०७:११
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ४६ हजार ७११ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २ लाख ३७ हजार २२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख २९ हजार ७२२ जनामध्ये १६ हजार ८१७ जनाको अवस्था गम्भीर रहेको छ ।