पलाँता गाउँपालिका अध्यक्ष बममाथि हातपात, स्थीति तनावग्रस्त

कालीकोट, कालिकाेटकाे पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा माथि हातपात भएकाे छ ।  सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष  बममाथि हात भएकाे हाे । 

स्थानिय र अध्यक्ष बमकाे बिवादले उग्र रूप लिएपछि झडप भएकाे स्थानियले बताएका छन ।  झडपका क्रममा आधा दर्जन घाईते भएको बताइएको छ । स्थानिय बासिका अनुसार राडुनेटा देखि धौलागाउँ हुंदै खिन छहड्नेसम्मको सडक निर्माणका क्रममा सो विवाद भएको बुझिएको छ ।

झडपका क्रममा स्थानिय वासि र पलांतागाउँ पालिका अध्यक्ष लक्ष्मण बम लगायतको कार्यदल विच झडप हुदा आधा दर्जन घाईते भएका छन । दुबै पक्षका घाइेत भएको स्थानियले टेलिफोन मार्फत जानकारी दिएका छन ।

नाम नबताउने सर्तमा टोलिफोन मार्फत उनले भने लक डाउनको समयमा गाउँपालिका अध्यक्ष लक्ष्मण बमले वडा अध्यक्षलाई जानकारी नदिई काम गर्ने खोजेको भन्दै वडा न. १ का अध्यक्ष मान बहादुर भण्डारीले अध्यक्षलाई हातपात गरेको र त्यसपछि विवाद बढेको बताए ।

अबस्था तनाबग्रस्त भएपछि जिल्ला सदरमुकाम मान्मबाट शसस्त्र प्रहरी, रास्कोट र पचालझरना गाउँपालिकाबाट पनि प्रहरीको टोलि पठाइएको बताइएको छ ।  वडा न. १ का वडा अध्यक्ष मान बहादुर भण्डारी र गाउँपालिका अध्यक्ष विचकोे अन्तरद्धन्द विगत लामो समयदेखि हुदै आएको बुझिएकाे छ  ।

अहिले गाउँपालिका अध्यक्ष बमलाइ स्वास्थ्य चाैकिमा राखेकाे बताइएकाे छ भने उनकी श्रीमती गौरीकला बम घाइते भएका छन् ।  हातपात गर्ने वडा अध्यक्ष मान बहादुर भन्डारी भने फरार रहेकाे बताइएकाे छ । 

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष तत्कालिन नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका थिए ।