खत्याड गाउँपालिकाले २५ सय नगद बराबरको राहत सामाग्री उपलब्ध गरायो

गमगढि, मुगुको खत्याड गाउँपालिकाले राहत स्वरुप नगद बितरण गरेको छ । कोरोना भाइरसका कारण लकडाउनमा परि समास्यामा परेका आफना नागरीकहरुलाई राहत स्वरुप २५ सय नगद उपलब्ध गरेको हो ।

गाउँपालिकाले चैत्र ११ गते देखि लागू भएको लकडाउनका कारण राजधानीमा अलपत्र परेका आफ्ना नागरिकलाई राहत वितरण गरेको हो । गाउँपालिकाले राजधानीका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थी तथा दैनिक ज्यालादारीमा संलग्न मजदूरहरुलाई राहत वितरण गरेको छ । 

गत बैशाख १७ देखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बसोबास गरिरहेकाहरूको डेरामै पुगेर राहत वितरण गरिएको काठमाडौं सम्पर्क मंचका अध्यक्ष मनोज कुमार शाहीले जानकारी दिएका छन । शाहीले  गाउँपालिकाले काठमाडौं, ललितपुर, भक्तपुरमा अप्ठयारोमा परेका ६ सय ७३ जनलाई राहत स्वरुप २५ सय नगद बराबरकाे राहत सामाग्री उपलब्ध गराएको बताए  ।

३० केजी चामलसहित दाल, चिनी, नुन, तेल, च्यूरा तथा साबुनसहित वितरित राहत प्याकेज अन्तर्गत २ जना रहेको परिवारका लागि ३८ सय, ३ जनाको परिवारलाई ४७ सय, ४ जना संख्या रहेको परिवारलाई ५६ सय  र ५ जना भएकाेलाइ ७ हजार र ६ जनाको परिवार भएकालाई ८४ सय बराबरको सामग्री हस्तान्तरण गरिएको बताइएकाे छ । साथै गाउँपालिकाले अर्काे चरणमा लकडाउन निरन्तर जारी रहे समास्या परेकाे खन्डमा हेरबिचार गर्ने जानकारी समेत दिएकाे छ ।